Skip to main content

नयाँ तृष्णा

चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

[adsforwp id="2511"]

काठमाडौं।

नेपाल राष्ट्र बैंकले आसन्न आमनिर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता खोल्न सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगको अनुरोधमा सोमबार जारी परिपत्रअनुसार निर्वाचन अभियानका लागि खोलिने बैंक खातामा विशेष छुट लागू हुनेछ । आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म यस्ता खाता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार प्रत्येक राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको आम्दानी खर्च कारोबार गर्न एक मात्र छुट्टै बैंक खाता खोल्न पाउनेछन् । निर्वाचनसँग सम्बन्धित सबै वित्तीय कारोबार यही खातामार्फत गर्नुपर्नेछ ।

आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा नेपाली रुपियाँमा कारोबार गर्न मिल्ने गरी ‘इलेक्शन क्याम्पेनिङ’ प्रयोजनका बैंक खाता खोल्न सकिनेछ । यसमा क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सेवा दिनुपर्नेछ ।

सामान्य अवस्थामा लागू हुने एउटै प्रकृतिका बहु बैंक खाता खोल्न नपाइने नियम भने निर्वाचन प्रयोजनका खातामा लागू नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ । निर्वाचन खर्चलाई पारदर्शी, व्यवस्थित र सहज बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...