Skip to main content

नयाँ तृष्णा

चारआली जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइँदै

[adsforwp id="2511"]

झापा । झापाको चारआलीमा जंगल अतिक्रमण गरी बनाइएका टहरा भत्काइने भएको छ । पूर्वपश्चिम राजमार्गको उत्तरपट्टि मेचीनगर १२ स्थित प्रगति सामुदायिक वन अतिक्रमण गरी बनाइएका टहरा भोलि भत्काइने भएको हो ।

डिभिजन वन कार्यालयले पटक पटक दिएको सूचनालाई बेवास्ता गरेपछि भोलि भत्काइने डिभिजन प्रमुख मेघराज राईले बताए ।

प्रगति सामुदायिक वनमा अतिक्रमण गरी २४ वटा घुम्ती र टहरा बनाइएको छ । वन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न व्यक्तिहरुले त्यहाँ व्यापार व्यवसाय गर्दै आएका छन् ।

गत असारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले हटाउने निर्णय गर्दै पहिलो सूचना जारी गरेको थियो । त्यसपछि दोस्रो पटक एक महिने सूचना जारी भएको थियो । त्यस अवधिभित्र पनि नभत्काएपछि गत माघ २४ गते ७ दिने तेस्रो तथा अन्तिम पटक सूचना जारी गरिएको थियो ।

घर भत्काउनुअघि डिभिजन वन कार्यालयले केही दिनदेखि माइकिङ गरिरहेको डिभिजन प्रमुख राईले जानकारी दिए । ‘ पटक पटकको आग्रहलाई बेवास्ता गरी अटेर गरेपछि वन क्षेत्र खाली गराउने निर्णय गरेका छौं’ डिभिजन प्रमुख राईले भने,‘ भोलि नै त्यो ठाउँ खाली गराउँदै छौं ।’

प्रगति सामुदायिक वनकै जग्गा अतिक्रमण गरी पाउ पाथीभरा मन्दिर र किरातहरुको धार्मिक स्थल बनाइएको छ । ती धार्मिक स्थलहरुको सम्बन्धमा कार्ययोजना बनाई केही आम्दानी वन उपभोक्ता समितिलाई दिनुपर्ने निर्णय गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...