Skip to main content

नयाँ तृष्णा

चारआली खानेपानीको अध्यक्षमा राजन चिमरिया निर्वाचित

[adsforwp id="2511"]

२ मंसिर ,

मेचीनगर,

झापाको चारआली साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ता समितिको चुनावमा अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन चिमरिया विजयी भएका छन् ।

कर्मठ समाजसेवीको व्यक्तित्व बनाएका चिमरिया दुग्ध व्यवसायी पनि हुन् । शनिवार सम्पन्न चुनावको मतगणनाको अन्तिम परिणाम अनुसार साझा प्यानलका चिमरियाले ९११ मत प्राप्त गरि विजयी भए । अध्यक्ष पदका एमालेका उम्मेद्वार सन्तोस मेचेले ४९३ र काङ्ग्रेसका तर्फबाट अध्यक्षका उम्मेद्वार बालकुमार बिष्टले २७२ मत ल्याए । उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा समेत साझा प्यानलकै उम्मेद्वार विजयी भएका छन ।

उपाध्यक्षमा साझा प्यानलका मैया कार्कीले ६०६ मत ल्याउदा एमालेका पुष्पा गौतम खनालले ५२० मत र काङ्ग्रेसका दीपा आचार्य पौडेलले ३८५ मत ल्याइन् । सचिवमा साझा प्यानलका प्रेमराज घिमिरेले ६६४ मत प्राप्त गरी विजयी भए । सचिवमा एमालेका दामोदर घिमिरेले ५१६ मत र काङ्ग्रेसका राजेन्द्र रिजालले ३४२ मत पाए । त्यस्तै कोषाध्यक्षमा साझा प्यानलका साउन मेचेले ५७७ मत ल्याएर विजयी भए । एमालेका प्रकाश बरालले ५५८ र काङ्ग्रेसका यमकान्त पौडेलले ३७८ मत ल्याए ।

सदस्य पदमा समेत अधिकाशं साझा प्यानलकै उम्मेद्वारहरू विजयी भएका छन भने एक जना सदस्य एमालेबाट विजयी भएका छन् । सदस्यमा साझा प्यानलका पुरुषोत्तम सिग्देल, चन्दकला लिम्बु, तेजबहादुर लिम्बु, अन्जु फेवादिनले विजयी हुँदा एमालेका हरि प्रसाद घिमिरेले विजयी भएका छन् । लेखा समिति संयोजक र सदस्य पदमा समेत साझा प्यानलकै उम्मेद्वारहरु विजयी भएका छन ।

लेखा समिति संयोजकमा साझा प्यानलका अर्जुन खनाल ५३२ मत ल्याएर विजयी भए । संयोजक पदका काङ्ग्रेसका उम्मेद्वार मोहन अधिकारीले ५०८ र एमालेका संयोजक पदका उम्मेद्वार रेवत कुमार दाहालले ४७१ मत प्राप्त गरे ।

त्यस्तै लेखा समिति सदस्यहरुमा पनि साझा प्यानलकै उम्मेद्वाहरु रुद्रप्रसाद रिजाल र रितादेवी रिजाल न्यौपानेले विजयी भए । रुद्रप्रसादले ६२४ मत पाउँदा सदस्यका एमाले उम्मेद्वार श्रीप्रसाद थापाले ४७९ र काङ्ग्रेसका हरिप्रसाद रिमालले ३२८ मत पाएका थिए ।

लेखा समिति सदस्य महिलातर्फ साझा प्यानलकी रितादेवी रिजाल न्यौपानेले ५७९ मत पाउँदा एमालेका विमला मिश्रले ५३० र काँग्रेसकी जमुना देवी ओली खरेलले ३२१ मत प्राप्त गरिन् । काङ्ग्रेस र एमाले प्यानल नै उम्मेद्वार छन् भने साझा प्यानलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सङ्घीय समाजवादी लगायतका दलहरुले संयुक्त रुपमा उम्मेद्वार चुनावी मैदानमा थिए ।

चारआली खानेपानीमा मेचीनगर नगरपालिका वडा नं ११, १२, १३ र १४ का दुई हजार ६ सय ९५ जना मतदाता मध्ये एक हजार ७ सय ८१ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...
अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

अर्जेन्टिनाको समुद्र सुकेको होइन: भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ — सामाजिक सञ्जालमा पछिल्लो समय अर्जेन्टिनाको समुद्र अचानक सुकेको, समुद्रको पानी हराएको तथा ठूलो प्राकृतिक विपत्ति आउन ला...