Skip to main content

नयाँ तृष्णा

चारआली खानेपानीको अध्यक्षमा राजन चिमरिया निर्वाचित

[adsforwp id="2511"]

२ मंसिर ,

मेचीनगर,

झापाको चारआली साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ता समितिको चुनावमा अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन चिमरिया विजयी भएका छन् ।

कर्मठ समाजसेवीको व्यक्तित्व बनाएका चिमरिया दुग्ध व्यवसायी पनि हुन् । शनिवार सम्पन्न चुनावको मतगणनाको अन्तिम परिणाम अनुसार साझा प्यानलका चिमरियाले ९११ मत प्राप्त गरि विजयी भए । अध्यक्ष पदका एमालेका उम्मेद्वार सन्तोस मेचेले ४९३ र काङ्ग्रेसका तर्फबाट अध्यक्षका उम्मेद्वार बालकुमार बिष्टले २७२ मत ल्याए । उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा समेत साझा प्यानलकै उम्मेद्वार विजयी भएका छन ।

उपाध्यक्षमा साझा प्यानलका मैया कार्कीले ६०६ मत ल्याउदा एमालेका पुष्पा गौतम खनालले ५२० मत र काङ्ग्रेसका दीपा आचार्य पौडेलले ३८५ मत ल्याइन् । सचिवमा साझा प्यानलका प्रेमराज घिमिरेले ६६४ मत प्राप्त गरी विजयी भए । सचिवमा एमालेका दामोदर घिमिरेले ५१६ मत र काङ्ग्रेसका राजेन्द्र रिजालले ३४२ मत पाए । त्यस्तै कोषाध्यक्षमा साझा प्यानलका साउन मेचेले ५७७ मत ल्याएर विजयी भए । एमालेका प्रकाश बरालले ५५८ र काङ्ग्रेसका यमकान्त पौडेलले ३७८ मत ल्याए ।

सदस्य पदमा समेत अधिकाशं साझा प्यानलकै उम्मेद्वारहरू विजयी भएका छन भने एक जना सदस्य एमालेबाट विजयी भएका छन् । सदस्यमा साझा प्यानलका पुरुषोत्तम सिग्देल, चन्दकला लिम्बु, तेजबहादुर लिम्बु, अन्जु फेवादिनले विजयी हुँदा एमालेका हरि प्रसाद घिमिरेले विजयी भएका छन् । लेखा समिति संयोजक र सदस्य पदमा समेत साझा प्यानलकै उम्मेद्वारहरु विजयी भएका छन ।

लेखा समिति संयोजकमा साझा प्यानलका अर्जुन खनाल ५३२ मत ल्याएर विजयी भए । संयोजक पदका काङ्ग्रेसका उम्मेद्वार मोहन अधिकारीले ५०८ र एमालेका संयोजक पदका उम्मेद्वार रेवत कुमार दाहालले ४७१ मत प्राप्त गरे ।

त्यस्तै लेखा समिति सदस्यहरुमा पनि साझा प्यानलकै उम्मेद्वाहरु रुद्रप्रसाद रिजाल र रितादेवी रिजाल न्यौपानेले विजयी भए । रुद्रप्रसादले ६२४ मत पाउँदा सदस्यका एमाले उम्मेद्वार श्रीप्रसाद थापाले ४७९ र काङ्ग्रेसका हरिप्रसाद रिमालले ३२८ मत पाएका थिए ।

लेखा समिति सदस्य महिलातर्फ साझा प्यानलकी रितादेवी रिजाल न्यौपानेले ५७९ मत पाउँदा एमालेका विमला मिश्रले ५३० र काँग्रेसकी जमुना देवी ओली खरेलले ३२१ मत प्राप्त गरिन् । काङ्ग्रेस र एमाले प्यानल नै उम्मेद्वार छन् भने साझा प्यानलमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सङ्घीय समाजवादी लगायतका दलहरुले संयुक्त रुपमा उम्मेद्वार चुनावी मैदानमा थिए ।

चारआली खानेपानीमा मेचीनगर नगरपालिका वडा नं ११, १२, १३ र १४ का दुई हजार ६ सय ९५ जना मतदाता मध्ये एक हजार ७ सय ८१ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...