Skip to main content

नयाँ तृष्णा

कृषि विकास सहकारीका अध्यक्ष थापा दम्पती पुर्पक्षका लागि थुनामा

[adsforwp id="2511"]

असार २७ , काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकार पुर्पक्षका लागि थुनामा पठाइएका छन् । बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश धनिश्वर पौडेलको इजलासले उनीहरुलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए ।

त्यस्तै सहकारीका सदस्यद्वय भीमसेन महर्जनलाई १५ लाख र सञ्जय सापकोटालाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न पनि आदेश दिएको छ । कृषि विकास बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तर ४ जना मात्र पक्राउ परेका छन् ।

१ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...