Skip to main content

नयाँ तृष्णा

काठमाडौं-३ : रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

[adsforwp id="2511"]

फागुन २२ गते ,

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित हुनुभएको छ। पछिल्लो अन्तिम मत परिणामअनुसार पाण्डे १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो।

उहाँका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गर्नुभएको छ। विजयी पाण्डे र घिसिङबीच सात हजार ५८६ मतान्तर रहेको छ।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले छ हजार मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त गर्नुभएको छ। निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका सुन्दर राम बोहराले ८४१ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार निरज लामाको पक्षमा न्यून मत खसेको छ।

निर्वाचित पाण्डे ५५ वर्षका हुनुहुन्छ। यस क्षेत्रमा सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको थियो। निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा पाण्डे निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र बुझाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...