Skip to main content

नयाँ तृष्णा

उपसभामुख रानाको स्पष्टोक्ति- ‘मबाट अनैतिक कार्य भएको छैन र हुनेछैन’

[adsforwp id="2511"]
 श्रावण ४ , काठमाडौ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर निकालिएको विवादबारे प्रस्टीकरण दिएकी छिन्।

उपसभामुख रानाले आज एक विज्ञप्ति निकाली आफूबाट कुनै अनैतिक कार्य नभएको स्पष्ट पारेकी हुन्। उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र अमेरिकामा आयोजित कार्यक्रममा जानका लागि आएको निमन्त्रणलाई स्वीकार गरेर आफू कार्यक्रममा सहभागी भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।

त्यसक्रममा सोही कार्यक्रममा सहभागी हुन अन्य केहीलाई पनि निमन्त्रणा आएको र उनीहरूलाई अन्तर्वार्ताका लागि मिति दिइदिन अनुरोध गरेकाले आफूले सो पत्र लेखेको उनको भनाइ छ।

करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झन्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उपसभामुखले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा लिएको बताएकी छिन्।

‘मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोध मात्र गरेकी थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वनिर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हुन्छ ।

मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन,’ उनले विज्ञप्तिमा भनेकी छिन्, ‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् । तर, अनैतिक कार्य मबाट भएको छैन र हुनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...