Skip to main content

नयाँ तृष्णा

इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु

[adsforwp id="2511"]
इस्लामवाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । जियो टिभीका अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन् । सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन् । प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गरेका थिए । जसमा ४ सैनिक र २ प्रहरीको मृत्यु भएको थियो। यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन् । समाचार अनुसार हिंसामा हालसम्म एक सयभन्दा बढी प्रहरी घाइते भएका छन् । अधिकांशको अवस्था गम्भीर छ ।इमरान खानको पार्टीले हिंसात्मक प्रदर्शनमा आफ्ना कार्यकर्ता पनि घाइते भएको दाबी गरेको छ । राजधानी इस्लामावादमा हिंसा नियन्त्रण गर्न धारा २४५ लगाइएको छ । प्रदर्शनकारीलाई देख्ने बित्तिकै गोली हान्न आदेश दिइएको छ । पाकिस्तानी सेनालाई कानुन र व्यवस्था कायम राख्न कुनै पनि क्षेत्रमा कर्फ्यु लगाउने अधिकार दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...
प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संय...