Skip to main content

नयाँ तृष्णा

इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु

[adsforwp id="2511"]
इस्लामवाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । जियो टिभीका अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन् । सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन् । प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गरेका थिए । जसमा ४ सैनिक र २ प्रहरीको मृत्यु भएको थियो। यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन् । समाचार अनुसार हिंसामा हालसम्म एक सयभन्दा बढी प्रहरी घाइते भएका छन् । अधिकांशको अवस्था गम्भीर छ ।इमरान खानको पार्टीले हिंसात्मक प्रदर्शनमा आफ्ना कार्यकर्ता पनि घाइते भएको दाबी गरेको छ । राजधानी इस्लामावादमा हिंसा नियन्त्रण गर्न धारा २४५ लगाइएको छ । प्रदर्शनकारीलाई देख्ने बित्तिकै गोली हान्न आदेश दिइएको छ । पाकिस्तानी सेनालाई कानुन र व्यवस्था कायम राख्न कुनै पनि क्षेत्रमा कर्फ्यु लगाउने अधिकार दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...