Skip to main content

नयाँ तृष्णा

अनेमसंघ मेचीनगर अध्यक्षमा हेमा सिटौला

[adsforwp id="2511"]

मेचीनगर, ८ भदौ । अखिल नेपाल महिला संघ मेचीनगर कमिटीको अध्यक्ष पदमा हेमा सिटौला सर्वसम्मत चयन भएकी छन् ।

आज काँकरभिट्टाको मेची सामुदायिक हलमा अनेम संघ मेचीनगर कमिटीको दोस्रो नगर सम्मेलनले सिटौलालाई अध्यक्ष पदमा चयन गरेको हो । उनी यसअघि उपाध्यक्षको जिम्मेवारीमा थिइन् ।

अध्यक्ष सिटौला काँकरभिट्टा निवासी हुन् । पार्टीभित्र उनी एक असल र इमानदार कार्यकर्ताको रुपमा परिचित छिन् ।

नगर सम्मेलनले सिटौलाको अध्यक्षतामा ४५ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष पदमा अनिता गुरागाई, सचिव पदमा अम्बिका मैनाली प्रसाई, सहसचिव पदमा भिमकला खरेल शिवाकोटी, कोषाध्यक्ष पदमा कविता खनाल मिजारसहित ४५ जना सदस्य चयन भएको निर्वाचन समिति संयोजक मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

निवर्तमान अध्यक्ष जानुका ओलीले आफ्नो २ वर्षे कार्यकालमा गरेका राम्रा कामको सबैले प्रशंसा गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष सिटौलाले नगरका महिलाहरुलाई अन्य दलका संघ–संगठन भन्दा बलियो र मजवुत संगठन बनाएर सबै महिलाहरुलाई समेटेर लाने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...