Skip to main content

नयाँ तृष्णा

अखिल क्रान्तिकारीको बन्दसत्र फेरि स्थगित, सम्मेलन हलमा तोडफोड

[adsforwp id="2511"]

१६ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन हलमा तोडफोड गरिएको छ । बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि तोडफोड गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा १० असोजदेखि सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादले प्रभावित बनेको छ ।

बिहीबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएको सम्मेलनमा सहभागीले जानकारी गराए । विवाद समाधान गरेर भोलि उमेर हदका लागि मतदान हुने विघटित कमिटीकी अध्यक्ष पञ्चा सिंहले जानकारी गराइन् । कार्यालयको बैठक बसेर समाधान निकालिने उनले बताइन् । अध्यक्ष सिंहले भनिन्, ‘उमेर हदका लागि मतदान अनिवार्य नै छ । तर, यसका प्रावधानहरुका बारेमा साथीहरुका केही विमतिहरु छन् । मिलाएर लान्छौं ।’

पार्टी अध्यक्ष प्रचण्डसमेतको छलफलबाट अखिल क्रान्तिकारीका नेताहरुले उमेर हद लगाउने कि नलगाउने भन्ने विषय मतदानबाट टुंगो लगाउने र त्यसपछि नेतृत्व चयनका लागि मतदान गर्ने समझदारी गरेका थिए । तर केही पदाधिकारीहरु नै उमेर हद लगाउने कुरामा सहमत हुन नसकेपछि बन्दसत्र प्रभावित हुँदै आएको छ ।

बन्दसत्र छिटो सुरु गर्न माग गर्दै प्रतिनिधिहरुले हलभित्र प्रदर्शन र तोडफोड गरेका छन् । यही विवादका क्रममा दुई दिन अघि खुकुरी बोकेका एक व्यक्ति सम्मेलन हलमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

काँकरभिट्टामा कात्तिक १७ गते श्रम संस्कृति पार्टीको जनसभा, अध्यक्ष हर्क साम्पाङ सहभागी हुने

झापा, काँकरभिट्टा। श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा जनसभा तथा विशेष कार्यक...
लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ। ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन्। दोस्रो चरण...
फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...