Skip to main content

नयाँ तृष्णा

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

[adsforwp id="2511"]

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो ।

यूएईका लागि राहुल चोपराले अविजित शतक बनाएपनि पर्याप्त हुन सकेन । तनिश सुरीले ४२ रन बनाए । कप्तान हरप्रित भाटियाले ३३ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल खडा गरेको थियो ।

आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए ।

आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाएका हुन् । आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।

यूएईका लागि इबरार अहमदले ४ विकेट लिँदा खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली, अदीब उसमानीले १-१ विकेट लिए ।

नेपालले यसअघि सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु

काठमाडौं । फिलिपिन्समा शुक्रबार तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किएका छन्। यस दुर्घटनामा दुवै विमानमा सवार चा...
पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति

काठमाडौँ, । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर...
काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टा, झापा ​झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टामा श्रम संस्कृति पार्टीको वडा कार्यालय भवन निर्माण कार्...
विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

 काठमाडौँ , नेपाल यू-१९ महिला क्रिकेट टोली आगामी आईसीसी महिला यू-१९ टी-२० विश्वकप तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय...