Skip to main content

नयाँ तृष्णा

मेचीनगरमा व्यवसाय दर्ता अभियान सुरु

[adsforwp id="2511"]

२८ वैशाख,

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले आजदेखि व्यवसाय दर्ता अभियान सुरु गरेको छ । अभियानको उद्घाटन काँकरभिट्टा स्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर सुरक्षित र कानुनी रूपमा व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे । उनले व्यवसाय दर्ता गरी राज्यलाई कर तिर्नु प्रत्येक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै दर्ताविना व्यवसाय सञ्चालन गर्न कानुनले अनुमति नदिने बताए ।

नगरपालिकाका अनुसार अभियान नगरका मुख्य बजार क्षेत्रमा सञ्चालन हुनेछ । सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिक भवन, होटल व्यवसायी भवन र पूर्व मेची बस व्यवसायी प्रालिको हलबाट करिब १५ दिनसम्म सेवा प्रवाह गरिनेछ ।

राजश्व परामर्श समिति संयोजक तथा उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा उनले राजश्व वृद्धि भन्दा पनि दर्ता नभएका व्यवसायलाई करको दायरामा ल्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरू सीमा रसाइली र भविन्द्र सुब्बा, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) लगायत स्थानीय ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

अभियानको सहजीकरण नगरपालिकाका राजश्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए । उनका अनुसार नगरमा हाल १८ हजार करदाता रहेका छन् भने अझै ४८ प्रतिशत व्यवसायीले व्यवसाय दर्ता नगरेको अवस्था छ ।

पहिलो दिन २० जना नयाँ व्यवसायीले व्यवसाय दर्ता गरेका छन् भने ६ जना पुराना व्यवसायीले नवीकरण गरेका छन् । यो अभियान आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...