Skip to main content

नयाँ तृष्णा

मेचीनगरमा कांग्रेस उम्मेद्वार केशवराज पाण्डेको आत्मविश्वासः “झापा–१ मा अत्याधिक मतका साथ विजयी हुन्छु”

[adsforwp id="2511"]

मेचीनगर । नेपाली कांग्रेसका झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार केशवराज पाण्डेले आगामी निर्वाचनमा अत्याधिक मतका साथ विजयी हुने दावी गरेका छन् । धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो निर्वाचनको नतिजा स्मरण गराउँदै आफू जनमतको स्पष्ट समर्थनसहित अगाडि बढिरहेको बताए ।

पत्रकारहरूले सम्भावित चुनावी परिणामबारे सोधेको प्रश्नको जवाफ दिँदै पाण्डेले भने, “अघिल्लो निर्वाचनमा विश्वप्रकाश शर्मा ले यही क्षेत्रबाट करिब १५ हजार मतको भारी अग्रतासहित विजय हासिल गर्नुभएको थियो । म त्यति नै मत ल्याउँछु भन्दिनँ, तर अत्याधिक मतका साथ जित्ने कुरामा पूर्ण रूपमा ढुक्क छु ।”

‘रैथाने र विकासप्रेमी उम्मेद्वार’को दाबी आफूलाई रैथाने, विकासप्रेमी तथा जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने उम्मेद्वारका रूपमा प्रस्तुत गर्दै पाण्डेले विगत ३७ वर्षदेखि सोही भूगोलमा सामाजिक सेवामा सक्रिय रहेको उल्लेख गरे । उनका अनुसार लामो समयदेखि शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक अभियानमा संलग्न रहँदै आएको अनुभवले चुनावी प्रतिस्पर्धामा आफूलाई थप मजबुत बनाएको छ ।

“म यस क्षेत्रमा जन्मिएको, हुर्किएको र यहीँका जनतासँग सुखदुःख बाँड्दै आएको व्यक्ति हुँ,” उनले भने, “सच्चिएको कांग्रेसको नयाँ छवि, ऊर्जा र स्पष्ट विकास दृष्टिकोणसहित मतदातामाझ आएको छु । जनताले मेरो काम देख्नुभएको छ, त्यसैले विश्वास र आशीर्वाद प्राप्त भइसकेको छ ।”

विकास प्राथमिकता र प्रतिबद्धता पाण्डेले झापा–१ को समग्र विकासका लागि दीर्घकालीन योजना बनाएको बताए । उनका अनुसार कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विस्तार, युवा सशक्तीकरण र सुशासनलाई प्राथमिकतामा राखिनेछ ।

“निर्वाचन जितेर केवल पद धारण गर्नु मेरो लक्ष्य होइन,” उनले भने, “जनताको भरोसा र अपेक्षाअनुसार इमान्दार र उत्तरदायी भएर काम गर्नु नै मेरो मुख्य उद्देश्य हो ।”
संगठनात्मक एकता र जनलहर उनले पार्टीभित्र एकता सुदृढ रहेको र कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेको दाबी गरे । स्थानीय तहदेखि क्षेत्रीय स्तरसम्म पार्टी संगठन सक्रिय रहेको उल्लेख गर्दै पाण्डेले जनतामा सकारात्मक माहोल देखिएको दाबी गरे ।

पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीहरूको जिज्ञासामा उनले चुनावी प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको हिस्सा मान्दै स्वस्थ प्रतिस्पर्धाबाट आफू पछि नहट्ने स्पष्ट पारे ।

“म जनताको बीचमा छु, जनताकै साथमा छु,” उनले अन्त्यमा भने, “झापा–१ का मतदाताले यसपटक स्पष्ट र अत्याधिक मतका साथ विजय दिलाउनुहुनेमा म विश्वस्त छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...