Skip to main content

नयाँ तृष्णा

‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई

[adsforwp id="2511"]

काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् ।

जितपछि प्रतिक्रिया दिँदै सुवासनाले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने लागेको बताइन् । शोमा पहिलोपटक कोच बनेका वाङ्देनले जितपछि सपनाजस्तो महसुस भएको बताए ।

उनले भने, ‘नाम घोषणा गर्दा सपनाजस्तो फिल भएको छ । यो जित सुवासनाको हो । जसले भोट गर्नुभयो, उहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार वितरण गरे ।

जितसँगै खड्काले १० लाख रुपैयाँ नगद प्राप्त गरेकी छन् ।

फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना र क्रिएसन रोकाले प्रतिस्पर्धा गरेका थिए ।

यसपछि ‘भ्वाइस अफ नेपाल’ सिजन ८ मा चाँडै दर्शकमाझ आउने जानकारी होस्ट सुशील नेपालले गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टामा श्रमदानबाट श्रम संस्कृति पार्टीको कार्यालय भवन निर्माण सम्पन्न

काँकरभिट्टा, झापा ​झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टामा श्रम संस्कृति पार्टीको वडा कार्यालय भवन निर्माण कार्...
विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

विश्वकप तयारीका क्रममा नेपाल यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय खेल खेल्ने

 काठमाडौँ , नेपाल यू-१९ महिला क्रिकेट टोली आगामी आईसीसी महिला यू-१९ टी-२० विश्वकप तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय...
आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

आज बडादशैंको मुख्य टीकाको उत्तम साइत बिहान १०:२६ बजे

४ कार्तिक २०८३, बुधबार , झपा । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ। आज देशभरका नेपालीले मान्यजनब...
इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

इक्वेडरमा ६३ वर्षीया पादरीको ‘मास’ (प्रार्थना सभा) को समयमा ढलेको क्रुस (Crucifix) ले लागेर मृत्यु

किरण सुनुवार, गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको...