Skip to main content

नयाँ तृष्णा

प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

[adsforwp id="2511"]

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरिएको छ ।  बिहीबारको मन्त्रिपरिषद् बैठकले असोज ६ देखि १० सम्म संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

महासभामा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्‍याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् ।

प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारको टोली प्रधानमन्त्रीको भ्रमणको तयारी गर्न न्यूयोर्क जाने अधिकारीहरूले बताएका छन्।

३ भदौको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर १० भदौमा सयौंको ज्याने जाने गरी र लाखौं परिवार प्रभावित हुने गरी भोटेकोशीमा बाढी आएपछि जलवायु परिवर्तनजन्य विपद्बाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो ।

बैठकले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ । 

त्यस्तै, बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मानव बेचबिखन तथा लैंगिक हिंसा अन्त्यका लागि स्थानीय सरकार र सरोकारवालाबीच सहकार्यमा जोड

मानव बेचबिखन तथा लैंगिक हिंसा अन्त्यका लागि स्थानीय सरकार र सरोकारवालाबीच सहकार्यमा जोड

काँकरभिट्टा । मानव बेचबिखन तथा लैंगिक हिंसा रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला...
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...