Skip to main content

नयाँ तृष्णा

‘पिताम्बर’ले ५१ दिन मनाएपछि घोषणा गरियो दोस्रो श्रृंखला

[adsforwp id="2511"]

 

काठमाडौं । व्यावसायिक रुपमा सफल हुन नसकेको भए पनि फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । बिहीबार फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको खुसीयाली साट्न काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माताले दोस्रो भागको घोषणा गरेका हुन् ।

कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण र रिलिज कहिले हुन्छ भन्नेबारेमा भने जानकारी गराइएको छैन ।

बुझिए अनुसार ‘पिताम्बर’को दोस्रो श्रृंखला प्रिक्वेल (पहिलो भाग) हुनेछ । फिल्म रिलिजअघि नै निर्देशक चौलागाईंले यसको प्रिक्वेल निर्माण गरिने र त्यसका लागि एक घण्टाको फुटेज (दृश्य) समेत खिचिसकेको बताएकी थिइन् । उनले फिल्मीखबरसँग भनेकी थिइन्, ‘प्रिक्वेलका लागि झन्डै एक घण्टाको फुटेज तयार भइसकेको छ । अब कन्क्लुजनका लागि एक घण्टा जति खिच्न बाँकी छ ।’

गत चैत अन्तिममा प्रदर्शन भएको ‘पिताम्बर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्स र बिग मुभिजमा ५१ दिन मनाउँदै गर्दा देशव्यापी कमाइ साढे ४ करोड नाघेको छ । यसबाट निर्माताको हातमा २ करोडसम्म पर्न सक्छ । लगानी नै ४ करोडमाथि भएकाले फिल्म घरेलु बजारबाट घाटामा छ । यद्यपि, युट्युब र ओभरसिज राइट्ससहितको रकमबाट फिल्मको लगानी भने उठेको जनाइएको छ ।

बदलाको कथामा आधारित भएर बनेको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, सुरक्षा पन्त, प्रदीप खड्का, अनुपविक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आर्यन सिग्देल लगायतको अभिनय छ । ‘पिताम्बर २’मा प्रदीप, सौगात र सुरक्षा दोहोरिन सक्ने चर्चा छ ।

यो फिल्ममा विशाल चौलागाईंको निर्माण र पुरुषोत्तम प्रधानको डीओपी तथा सह–निर्माण रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...