Skip to main content

नयाँ तृष्णा

‘गौँथली’को टिजरलाई दर्शकले भने ‘भावुक र यथार्थपरक’

[adsforwp id="2511"]

काठमाडौं ।  गीतकार, निर्माता तथा लेखक डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशन बनेको नयाँ फिल्म ‘गौँथली’ आगामी साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म दुई दशकअघि बनेको ‘गौँथली’को ‘कन्सेप्ट’मा निर्माण भएको हो । अर्थात् पढ्ने इच्छा भएकी युवतीको विवाह भएपछि सासुले गर्ने चरम अत्याचारलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले टिजर र एक गीत सार्वजनिक गरिसकेको छ । दुवै सामग्रीलाई युट्युबमा लोभलाग्दो प्रतिक्रिया मिलेको छ । टिजरलाई दर्शकले ‘भावुक र यथार्थपरक’ भन्दै प्रशंसा गरेका छन् । कतिले निकै महत्त्वपूर्ण विषय उठाएकोमा निर्मातालाई धन्यवाद दिएका छन् । टिजरका संवाद र कलाकारको अभिनय पनि उत्तिकै रुचाइएको छ ।

टिजर र गीत दुवैलाई दर्शकले रुचाएपछि निर्देशक रिजालले खुसी व्यक्त गरेका छन् । ‘गीत र टिजरलाई एकदमै राम्रो प्रतिक्रिया मिलेको छ, जुन हाम्रो लागि ठूलो हौसला हो,’ उनले भने, ‘धेरैले फिल्मको विषयवस्तु र अभिनयको तारिफ गर्नुभएको छ । शारीरिक समस्याले निम्त्याएको असर र त्यसले मानिसको जीवनमा पर्ने प्रभावलाई रुचाइदिनुभएको छ ।’

फिल्मका टिजर र गीतपछि धेरैले अरुण क्षेत्री र सिम्रन खड्काप्रति विशेष चासो देखाएको देखिन्छ । फिल्ममा अरुणले अटिजम भएको युवकको भूमिका निभाएका छन् । उनको यो भूमिका दर्शकका लागि ‘सरप्राइज’ बनेको छ । किनकि, यसअघि उनी रोमान्टिक भूमिकामा देखिँदै आएका थिए । सिम्रनको अभिनयले पनि दर्शकको ध्यान तानेको टिजरका प्रतिक्रियाहरूले देखाउँछ ।

डा. भोला रिजालको कथा लेखन रहेको यस फिल्ममा अरुण र सिम्रनसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, सीतादेवी तिमिल्सिना, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपालीलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् ।

फिल्मीखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...