Skip to main content

नयाँ तृष्णा

कमल गाउँपालिका इसाई समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

[adsforwp id="2511"]

 

बिर बहादुर तामाङ,

केर्खा, झापा।
कमल गाउँपालिका इसाई समाजको आयोजनामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष पास्टर प्रताप बि.क.को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम केर्खास्थित ज्योति चर्चको प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी दमक शाखाका अधिकृत सिद्धार्थ दाहालले इसाई समाजका अध्यक्ष पास्टर प्रताप बि.क.लाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो।
रक्तदान कार्यक्रम कमल गाउँपालिका इसाई समाजको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा सहयोगी संस्थाका रूपमा लुथरन सामुदायिक कल्याण समाज तथा सुसमाचारिय लुथरन मण्डली, रंगेली–२ मोरङ रहेका थिए भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दमकले प्रदान गरेको थियो।
कार्यक्रममा ३७ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ। रक्तदातामध्ये २६ जना पुरुष र ११ जना महिला रहेका थिए।

रक्तदानमार्फत रगत अभावका बिरामीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

इसाई समाजका सचिव पास्टर दीपक राईका अनुसार रक्तदान जीवन बचाउने महान कार्य भएकाले यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
“रक्तदान जीवनदान हो, सबै जना यस अभियानमा सहभागी बनौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...