Skip to main content

नयाँ तृष्णा

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

[adsforwp id="2511"]

४ साउन ,

झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा गरेको एकमात्र गोल स्पेनलाई १६ वर्षपछि विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको दोस्रो हाफमा फेरान टोरेसले १०६औँ मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई अग्रता दिलाए।

त्यसअघि निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मैदान छाड्न बाध्य भएका थिए। त्यससँगै अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो, जसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा गोल गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो।

यससँगै स्पेनले २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जित्दै १६ वर्षको प्रतीक्षा अन्त्य गरेको छ भने अर्जेन्टिना उपविजेतामै सीमित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेश...
मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

मानव बेचबिखन नियन्त्रणमा पुरुषको सक्रियता बढाउँदै आफन्त नेपाल, काँकरभिट्टामा ‘ एक जिम्मेवार पुरुष समूह’ गठन

काँकरभिट्टा, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश...
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु प्रवेशको विषयमा मठ-मन्दिर, अर्चक, पुरोहित बिभागको आपत्ति

काठमाडौं । पशुपतिनाथ मन्दिरको धार्मिक परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको भन्दै विश्व हिन्दु परिषद् नेपालअन्तर्गत रहे...
पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो प्राणी — साओला (Saola)

साओला (Saola), जसलाई "एशियन युनिकोर्न" (Asian Unicorn) पनि भनिन्छ, पृथ्वीकै सबैभन्दा दुर्लभ, अनौठो र रहस्यमयी स्तनधारी प्राणीहरूम...