Skip to main content

नयाँ तृष्णा

पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई बिर्तामोडमा स्वागत सम्मान

Advertisement

बिर्तामोड । आदर्श स्कुल अफ मेनेजमेन्ट तथा लिङ्कन मन्टेश्वरी स्कुल बिर्तामोड–३ ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई स्वागत सम्मान गरेको छ ।

आज आदर्श स्कुलको सभाहलमा एक समारोहकाबिच झापाका नव निर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो ।

उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाई, हिसानका सचिव तथा न्युटन्स एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुंमागाई, प्वासन झापा जिल्ला उपाध्यक्ष जनार्दन ढकाल लगायतले सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

लिंकन मन्टेश्वरी स्कुलका व्यवस्थापन समिति अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आदर्श स्कुल अफ मेनेजमेन्टका निर्देशक संजोग खरेलले गरेका थिए ।

कार्यक्रमको सञ्चालन लिङ्कन मन्टेश्वरी स्कुलका सञ्चालक सरोज पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

भारतबाट उद्धार भएका चार नेपाली बालबालिका परिवारसँग पुनर्मिलन

  काँकरभिट्टा । भारतका विभिन्न संरक्षण गृहमा रहेका चार जना नेपाली बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता ल्याई परिवारसँ...
महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

महोत्तरीमा विद्यालय बस दुर्घटना, ५ बालबालिकासहित ६ जना घाइते

  महोत्तरीको गौशाला नगरपालिका– ९, डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान स्कुलबस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते...
विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगरमा शेरधनले बोलाए मुख्यमन्त्रीसहित प्रदेश सांसदहरूलाई छलफलमा

विराटनगर । नेकपा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रदेशका सांसदहरुलाई छलफलमा बोलाएका छन्। ...
सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

सिन्धुली कार दुर्घटना : चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता

  काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नख...