नयाँ तृष्णा

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइँदै

Advertisement

 

– होमराज राई,

१८ भाद्र ,

मेचीनगर । मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘तीनै तहको सरकारको प्रतिवद्वता : मानव बेचविखन बिरुद्ध सबैको एक्यवद्वता´ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भाद्र २० गते बिहिबारका दिन हुने भएको छ ।

“मानव बेचबिखन तथ ओसारपसार बिरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रियामा हामी,” नामक बिषयमा कार्यक्रम हुने भएको हाे ।

यसै अवसरमा झापामा मेचीनगर स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भब्य र सभ्यताकासाथ हुने यो कार्यक्रम अति रोचक र बैज्ञानिकपरिप्रेक्ष्यढङ्गबाट हुने भएकाले समाज रुपान्तरणको उपलब्धि प्राप्त गर्नेछ ।

झापा जिल्ला प्रशासन कार्यालय झापाको आयोजना र कारितास नेपालीको संयोजकत्वमा हुने कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेची सामुदायिक सेवा केन्द्र , माइती नेपाल काँकरभिट्टा , साहसी महिला नेपाल , साना हातहरु नेपाल , नव अभियान नेपाल ,आफन्त नेपाल, शक्ति समुह , एबिसी नेपाल र एकल महिला जिल्ला समिति झापालगायतको सहकार्यमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध १८ औं राष्ट्रिय दिवसको अवसरमा चेतनामूलक बिशेष कार्यक्रम हुनेछ ।

नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग, नेपाल प्रहरी, गैरसरकारी क्षेत्र, नागरिक समाज, संचारमाध्यम आदिले मानव बेचबिखन रोक्नका लागि निरन्तर काम गरेको अवस्था छ । यसले जनचेतना जगाउन, पीडितको उद्दार तथा संरक्षण र परिवारसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर मानव बेचबिखनकाे काम भने पूर्णरूपमा निराकरण हुन नसकेतापनि दलाललाई निराशाजनक र निरुत्साहित भएकै देखिन्छ ।

संघीयता कार्यान्वयन भएर तीन तहका सरकार बनेको अवस्थामा सङ्घले राष्ट्रिय नीति तथा कानुन बनाउने, प्रदेशले प्रदेशभित्रका स्थानीय तहको समन्वय गर्ने र स्थानीय तहले मानव बेचबिखन सम्बन्धी विषयको विवरण अध्यावधिक गर्ने, विदेश जानेको विवरण राख्ने, पीडितको संरक्षणका लागि पुनःस्थापना केन्द्र तथा विभिन्न कार्यक्रम चलाउनु आवश्यक छ । साथै यस कार्यमा गैरसरकारी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम तथा निजी क्षेत्रको समेत उत्तिकै महत्व रहने हुँदा सहकार्यको व्यवस्था गरिनु पर्दछ ।

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी तथ्याङ्क एकीकृत गर्ने, पीडित तथा जोखिममा पर्न सक्ने व्यक्तिको पहिचान निर्देशिका बनाई कार्यान्वयनमा ल्याउने, पीडित तथा जोखिम अवस्थामा रहेकाको उद्दार, संरक्षण, फिर्ती, पुर्नस्थापना र सामाजिक तथा आर्थिक शसक्तिकरणसंग सम्बन्धित कार्यविधिको संसोधन तथा कार्यान्वयनमा जोड दिनु आवश्यक छ । मानव बेचबिखन र ओसारपसार नियन्त्रणका लागि बनेका विभिन्न कानुनीहरुकोे कार्यान्वयनमा थप प्रभावकारिता ल्याइनु पर्दछ ।

बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप बिकराल बनेको छ। गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

लागूऔषध र प्रतिबन्धित औषधि ठुलो मात्रामा बरामद

२ साउन, झापा । प्रहरीले बिर्तामोडको एउटा औषधि गोदामबाट ठुलो मात्रामा लागूऔषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।इलाका प्रहरी कार...
मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

२ श्रावण, झापा । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा राज्यले जिम्मेवार ढंगले अगाडि नबढेको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्...
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

२ श्रावण, काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने घोषणापछि नेकपा एमाले भित्र यस विषयमा औपचारि...
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

३० असार, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपर...