नयाँ तृष्णा

जुन महिनामा ७६ हजार पर्यटक नेपाल भित्रिए

Advertisement
असार १८, काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका थिए । नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् । बङ्गलादेशबाट तीन हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ । कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार ८८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मानव शरीरमा हुने खुशी मिल्ने हर्मोनहरू

- किरण सुनुवार, आजको समयमा मानिसहरू धेरै संख्यामा मानसिक स्वास्थ्य समस्याको सिकार भइरहेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) र 'इ...
सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

  अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ ...
शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

काठमाडौँ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नह...
कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

  झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएक...