नयाँ तृष्णा

सिटौलाको ‘अनुभव र अनुभूति’ पुस्तक लोकार्पण

Advertisement

मेचीनगर, १६ असार । लेखक एवम् साहित्यकार रामचन्द्र उप्रेतीले नरेन्द्रप्रकाश सिटौलाले लेखेको पुस्तक ‘अनभुव र अनुभूति’ सामाजिक, आर्थिक र राजनीतिक परिवेश सुहाउँदो रहेको बताएका छन् ।

आज काँकरभिट्टा स्थित एनएमसीको मुख्य कार्यालयको सभाहलमा आयोजित सिटौलाद्वारा लिखित ‘अनभुव र अनुभूति’ पुस्तकको लोकार्पण गर्दै प्रमुख अतिथि उप्रेतीले यस्तो कुरा बताएका हुन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाका संस्थापक अध्यक्ष समेत रहेका उप्रेतीले हाम्रो गन्थनहरु सुन्न र पढ्न नागरिकहरुले छाडेकाले अब पुस्तक निकाल्ने कि ननिकाल्ने समस्या भएको बताए ।

कार्यक्रममा सुसेली साहित्यक परिवार मेचीनगरका अध्यक्ष पुन्यप्रसाद खरेलले लेखक सिटौलाको ७८ वर्षको अनूभव समेटिएको पुस्तक सुन्दर रहेको बताए ।

‘उहिले मान्छे मर्दा दुई महिना लगाएर धागोले बोनेको चिठ्ठी पठाउने स्थिति थियो’ खरेलले भने–‘प्रविधिले निक्कै फड्को मारेको छ । अब राँगा–गोरुले खेत जोत्दैनन् । परिवर्तन अनुसार चल्न सक्नु पर्छ । अहिलेको माग पनि त्यहि हो ।’

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, साहित्यकार भीम खवास, मेचीनगर–६ का वडा सदस्य ध्रुबकुमार राई, काफ्ले समाजका झापा अध्यक्ष प्रेमप्रकाश सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोहि अवसरमा ‘अनुभव र अनुभूति’ पुस्तकको समीक्षा पत्रकार मोहना काजी र पुस्तकको चर्चा पत्रकार सन्तोष आचार्यले गरेका थिए ।
साहित्यकार एवम् लेखक सिटौलाले पुस्तकमा मैले समाजमा जे देखे त्यस्को नढाटिकन चित्रण गर्ने जमर्को गरेको बताए ।

१२० पृष्ठको उक्त पुस्तकमा समाजका जल्दाबल्दा समस्या, विकृति विसंगती र समाधानका विषयमा लेखक सिटौलाले वेजोड ढंगले उठान गरेका छन् । सिटौलाले यसअघि मेरो कथाका पानाहरु भन्ने आत्मसंस्करण पुस्तक लेखेका थिए ।

पुस्तकका प्रकाशक लक्ष्मीमा सिटौला उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रको स्वागत ऋद्विप्रसाद सिटौलाले र सञ्चालन पत्रकार गोपाल काफ्लेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ग्रेस बप्तिस मण्डलीको २५औँ रजत महोत्सव भव्य सम्पन्न

ग्रेस बप्तिस मण्डलीको २५औँ रजत महोत्सव भव्य सम्पन्न

झापा । झापाको मेचीनगर–१३ स्थित ग्रेस बप्तिस मण्डलीले स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव भव्य रूपमा सम्पन्न गरेको...
१० वर्षभित्र चन्द्रमामा ‘सेल्फ ग्रोइङ सिटी’ बनाउने एलन मस्कको घोषणा, मंगलभन्दा अघि चन्द्रमा प्राथमिकतामा

१० वर्षभित्र चन्द्रमामा ‘सेल्फ ग्रोइङ सिटी’ बनाउने एलन मस्कको घोषणा, मंगलभन्दा अघि चन्द्रमा प्राथमिकतामा

झापा । विश्वका सबैभन्दा धनी व्यक्ति तथा स्पेसएक्सका संस्थापक एलन मस्कले मंगल ग्रहभन्दा अघि चन्द्रमामा मानव बस्ती बसाल्ने योजना सार...
जन्ती बोकेको बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, ४५ जना घाइते

जन्ती बोकेको बस दुर्घटना अपडेटः ८ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी। बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लि...
प्रधानमन्त्री कार्कीद्वारा स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास व्यक्त

प्रधानमन्त्री कार्कीद्वारा स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास व्यक्त

१९ माघ २०८२, सोमबार. काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको नि...