नयाँ तृष्णा

नेपालकाे पहिलाे महिला प्रधानमन्त्री सुशीला कार्की

Advertisement

, २७ भदौ,

झापा । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन्। उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छन् ।

शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । गतसाता युवा पुस्ता (जेनजी)को आन्दोलनको बलमा नियुक्त भएकी उनले साढे दुई वर्ष पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी हुन् ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।

यस्तै, आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।

राष्ट्रपति पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ । नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधि सभाको निर्वाचन गराउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

नेकपा एमालेको जनजागरण सभा बिर्तामोडमा सम्पन्न

२९ कार्तिक २०८२, शनिबार, झापाको बिर्तामोडमा आयोजित नेकपा एमालेको जनजागरण सभा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेकपा एमाल...
अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

अलपत्रबाट आशातर्फ : मेचीनगरको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अब सञ्चालनको तयारीमा

  २८ कार्तिक २०८२, शुक्रबार, वर्षौंसम्म अलपत्र पर्दै आएको ‘पूर्वको पहिलो बहुआयामिक सांस्कृतिक संग्रहालय’ सञ्चालनमा ल्या...
“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

“Inter-Church 5A Futsal Tournament” Concludes Successfully in Birtamod

Organized by Shalom Events Nepal | Powered by SDA Church Nepal | Main Sponsor: United Citizens Party, Kathmandu Birtamod, Jhapa —...
बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

२४ कार्तिक २०८२, सोमबार, झापा, बिर्तामोड । झापाको बिर्तामोडमा ईसाई मण्डलीहरूले आयोजना गरेको फुटसल टुर्नामेन्ट सफलतापूर्व...