नयाँ तृष्णा

पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौं।

पशुपति क्षेत्र विकास कोषमा करोडौं रुपैयाँको भ्रष्टाचार गरेको अभियोगमा १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका तत्कालीन सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, हाल परिषद् सदस्य राजुकुमार खत्रीलगायतलाई सार्वजनिक सम्पत्तिमा हिनामिना र दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेको हो।

शवदाह मेशिन जडानको नाममा गरिएको परामर्श सेवा खरिदमा मिलेमतो, नक्कली कोटेशन, अनुभवविहीन कम्पनीलाई ठेक्का, अनुभव झुट्याउने कागजात, अत्यधिक लागत अनुमान, बिना जाँच भुक्तानी, र कार्य अलपत्र पारेको आरोप छ।

अख्तियारका अनुसार, ठेक्का सम्झौताको म्याद सकिएको, जमानत फिर्ता नलिइएको र मेशिनसमेत गुणस्तरीय नभएको पाइएको छ। विशेष अदालत, काठमाडौंमा दर्ता गरिएको आरोपपत्रमा करिब १० करोड ३३ लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका ह...
देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने

देशका धेरै जिल्लामा ‘लु’ को चेतावनी, गर्मी अझै बढ्ने

८ बैशाख २०८३, मंगलवार, काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको ...
“आँसु र सपनाको बीचमा”

“आँसु र सपनाको बीचमा”

– होमराज राई, पहाडको चिसो हावामाउसले बालसपनालाई अन्तिमपटक छोयो,ढुंगाको काखमा गुञ्जिएका निर्दोष हाँसोहरूमनको गहिरो कुनामा ...
भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित पटाका फ्याक्ट्रीमा विस्फोट, २३ जनाको मृत्यु

एजेन्सी , काठमाडौँ । भारतको तमिलनाडु प्रदेशस्थित विरुधुनगर जिल्लाको एक पटाका फ्याक्ट्रीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको म...